बैंक तथा वित्तीय संस्थाहरुले तरलताको अवस्था नकारात्मक हुदाँपनि रिपो रेटमा मोलमोलाई गरेका छन् । बैंक/वित्तीय संस्थाले दैनिक तरलता सुविधाको मद्दतमा रिपोमा महंगो ब्याजदर तिर्न नखोजेका हुन । नेपाल राष्ट्र बैंकले पनि बैंक वित्तीय संस्थालाई रिपो बिक्री गर्दा नीतिगत दर ७ प्रतिशत भन्दा तल नआउने अडान लिएको छ । ब्याजदरमा अनावश्यक उतारचढाव आउन नदिन नीतिगत दरको…