अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधिने क्रममा रहेको बताएका छन् । कार्यकाल पूरा हुँदै गर्दा सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले पछिल्ला दिनमा सरकारको राजश्वमा चाप परेको जानकारी गराएका हुन् । आयातमा लगाइएको प्रतिबन्ध तथा २ पटक सम्पन्न निर्वाचनका कारण राजश्वमा परेको चाप अझै लम्बिन सक्ने उनले बताए । राजश्वमा चाप पर्दा पर्दै पनि अर्थतन्त्र…