अबिरल वर्षाले विद्युतीय संरचनामा क्षति, ठाउँठाउँको विद्युत आपूर्ति अवरुद्ध

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ। मुख्य रुपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लामा विद्युत प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मर लगायतका संरचनामा क्षति पुगेको छ । दाङको लमही–घोराही १३२ केभी…