राजधानीको भृकुटीमण्डपमा जारी आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको घुइचो लागेको छ । सार्वजनिक विदाका कारण एक्स्पो अवलोकन गर्न आउनेको संख्या शनिबार मात्रै २२ हजार पुगेको हो । बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म ५१ हजारले अवलोकन गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । उसका अनुसार बिहीबार १३ हजारले अवलोकन गरेको एक्स्पो शुक्रबार…