गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई नियुक्त

गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन्। साउन २९ मा बसेको कम्पनीको सञ्चालक समितिको ५२औँ बैठकले भट्टराईलाई सीईओ नियुक्त गरेको हो। बुधबारदेखि नै उनको कार्यकाल लागू भएको कम्पनीले जनाएको छ। भट्टराईले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) गरेका छन्। उनी संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहोदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए। यसअघि उनले…