कृत्रिम निक्षेपका कारण बढेको बैंकहरुको ‘डिपोजिट’ टिकेन, साउनमा १०८ अर्ब निक्षेप हरायो

गत आर्थिक वर्षको असार अन्तिममा बैंकहरुले कृत्रिम निक्षेप सृजना गरेको भेटिएको छ । बैकहरुले स्रोत बढेको देखाई कर्जा लगानी गर्ने दाउमा एक अर्कोमा निक्षेप राखेर कृत्रिम निक्षेप सृजना गरेका हुन । बैंकहरुले गत असारमा निक्षेप उल्लेख्य बढेको देखाउनका लागि एक अर्को संस्थामा निक्षेप राखेका थिए । यसरी बैंकहरुले करिब ३० अर्ब रुपैयाँ बरावरको कृत्रिम निक्षेप…