कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा दोब्बर भएको छ । निष्क्रिय कर्जा घटेपछि सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याउँदा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको हो । गत आर्थिक वर्ष २०७८।७९ मा लघुवित्तले १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा ५ करोड ५२ लाख १६ हजार…