पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा बुधबार स्थीर रहेको छ । यस्तै अघिल्लो दिन मंगलबारको तुलनामा आज चाँदीको भाउ भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन मंगलबारकै भाउमा कारोबार हुँदा चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज बुधबार छापावाला सुनको भाउ प्रतितोला ९७ हजार ५०० रुपैयाँ तथा तेजावी…