नेपाल फाइनान्स लिमिटेड (NFS) को शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाले पाँच जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको अध्यक्षतामा बैशाख ३ गते सम्पन्न भएको सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट चार र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट एक जना सञ्चालक निर्विरोध निर्वाचित गरेको हो ।…