अन्तर्राष्ट्रिय लगानी आउने वातावरण बनेको छ, लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनेको बताएका छन् । शिष्टाचार भेटका लागि बिहीबार सिंहदरबारस्थित मन्त्रालय आएकी नेपालका लागि फिनल्याण्डकी राजदूत रिना–रिक्का हेइक्कासँगको भेटमा मन्त्री पुनले नेपालमा लगानीको वातावरण बन्दै गएको बताए । मन्त्री पुनले लगानी वातावरण बनाउन सरकारले एक दर्जन बढी विद्यमान कानूनमा संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिए ।…