काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोबिघाटका दुईमध्ये एउटा फोहोरपानी प्रशोधन केन्द्रको सिभिलतर्फको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणको अन्तिम चरणमा पुगेको धोबिघाटस्थित उक्त केन्द्रमा फोहोरपानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरणहरू जडान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यस केन्द्रबाट फोहोरपानी प्रशोधनको परीक्षण कार्य आगामी साउन महिनाभित्रमा शुरु…