प्रतिनिधिसभा सदस्य नवराज सिलवालले संसदमा उठेका र छलफलमा आएका विषयमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिलवालले निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरुले धान्न नसकिने महंगी बढाएको बताए । निजी मेडिकल कलेजले लिने चर्को शुल्कलाई नियन्त्रण गर्ने उपायका सम्बन्धमा उनले जिज्ञासा राखेका थिए । निजी अस्पतालहरुले १० प्रतिशत शैय्यामा…