विश्वभर फैलिएको कोभिड १९ को संक्रमणका कारण नेपाल भित्रने विप्रेषण आप्रवाहमा २० प्रतिशतसम्म गिरावट आउनसक्ने विभिन्न संस्थाहरुसँग आबद्ध व्यक्तिहरुले बताएका छन्। गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आयोजित कोभिड संक्रमणले महामारीपछि नेपालमा रेमिट्यान्स आप्रवाहमा पर्ने असरका बारेमा गरिएको भर्चुअल अन्तरक्रियामा सबैजसो वक्ताहरुले नेपाली रोजगारीमा रहेका सबैजसो श्रमबजारमा कोभिड १९ को प्रभाव परेकाले अपेक्षा गरिएभन्दा कम मात्र रेमिट्यान्स…