कोरोना महामारीले नेपाली अर्थतन्त्रका यी ५ क्षेत्रमा पार्दैछ घातक असर

ताजा सरकारी तथ्याङ्कअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन वा जीडीपी साढे ३४ खर्ब रुपैयाँ छ। वर्षभरिको देशका यावत् आर्थिक गतिविधि, उत्पादन र कमाइ जोड्दा हुन आउने रकम नै जीडीपी हो। यस पटक सरकारले यो कुल परिमाणलाई सात प्रतिशतले बढाउने लक्ष्य राखेको थियो। तर कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीले निम्त्याएको 'लकडाउन'ले झन्डै एक महिनादेखि आर्थिक गतिविधि ठप्प छ।…