‘लकडाउन’ खोल्न हतार गरिए कोरोना भाइरसको ‘घातक पुनरोदय’ हुनसक्ने

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका प्रमुखले कोरोनाभाइरसका कारण विभिन्न देशहरूमा लागु गरिएका'लकडाउन' खोल्न हतार गरिए त्यसले भाइरसको 'घातक पुनरोदय' हुनसक्ने चेतावनी दिएका छन्। डा. टेड्रस एड्हानोम गेहब्रेयससले देशहरूलाई बन्दाबन्दी खोल्नेबारे सचेत हुन आग्रह गरेका छन्। युरोपमा कोरोनाभाइरस सङ्क्रमणको मारमा परेको इटली र स्पेनले 'लकडाउन'लाई जारी राख्दै बन्देज केही खुकुलो पार्ने बताइरहेका बेला गेहब्रेयससको चेतावनी आएको हो।…