निगमको शानलाई ३८ हजार फिटको उचाइमा पुर्याउँछौँ : पर्यटनमन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सानलाई जहाजकै उचाइ बराबर पुर्याउने गरी सुधारको काम गरिने बताए । राष्ट्रिय पर्यटन पत्रकार सङ्घका प्रतिनिधिमण्डलसँग मंगलबार सिंहदरबारमा भएको छलफलमा मन्त्री भट्टराईले राष्ट्रिय ध्वजाबाहक पर्यटक आगमनसँग प्रत्यक्ष जोडिएको विषय हो भन्दै निगमको हालको अन्योलग्रस्त अवस्थालाई सुधार गरी जहाजको उचाइझैँ बनाउने…