नीति तथा कार्यक्रममा काङ्ग्रेसको टिप्पणी: ‘आश्वासनबाहेक नयाँ कुरा छैन, भ्रम र अहङ्कार मात्र उल्लेख’

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको भनी टिप्पणी गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि छैन भने । सभापति देउवाले भने, “धेरै कुरा अघिल्लो पटकको उल्लेख छ, नयाँ…