नेपालीले खाए १६ अर्बभन्दा बढीको फलफूल, स्याउ मात्रै ७ अर्बको

गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब रुपैयाँ भन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा १६ अर्ब आठ करोड रुपैयाँ भन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ । …