इजाजत प्रक्रिया रोकिएपछि सेबोन अध्यक्ष भेट्न पुगे नयाँ ब्रोकर, लाइसेन्सको सुनिश्चितता गरिदिन आग्रह

न्यू स्टक ब्रोकर एशोसियसन नेपालका पदाधिकारीहरु आइतबार नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमाललाई भेट्न पुगेका छन् । अर्थ समितिबाट धितोपत्र दलाल तथा व्यापारीको इजाजत सम्बन्धी सबै प्रक्रियालाई रोक्न निर्देशन दिएपछि एसोसियसनका संयोजक सागर ढकालको नेतृत्वमा बोर्डको कार्यालय खुमलटारमा पुग्दै उनीहरुले बोर्ड अध्यक्ष रमेश हमाललाई भेट गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै ब्रोकर…