मह उत्पादनबाट बढ्यो चेपाङ परिवारको आयस्तर

परम्परागत ज्ञानलाई आधुनिकीकरण गरी मकवानपुरका चेपाङ युवाले आफ्नो सीपलाई बजारीकरण गर्न सुरु गरेका छन् । गिठ्ठाको चिप्स, सिस्नोको धुलो तथा भाङको पाटबाट बनेका झोला तथा महको उत्पादन र बजारीकरणमा चेपाङ युवाले अग्रसरता देखाएका छन् । जिल्लाको विकट क्षेत्र मानिने राक्सिराङको सिलिङ्गेका ३९ वर्षीय युवा दिनेश चेपाङले मौरीपालन र मह बिक्री गरेर राम्रो आम्दानी गर्न सफल…