मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५ खर्ब ५२ अर्ब ९५ करोड रकम बराबरको वस्तु तथा सामान आयात भयो । जबकी गत वर्षको सोही अवधिमा भने ६ खर्ब ४४ अर्ब छ करोड बराबरको आयात…