भारतले निर्यात रोकेपछि प्याज किलोमै ५० रुपैयाँ महंगियो, ३ वर्षमा नेपालीले खाए ३ अर्बको विदेशी प्याज    

भारतले प्याजको निर्यातमा पुनः प्रतिबन्ध लगायो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्च ३१ (चैत १८ गते) सम्मका लागि प्याज निर्यातमा रोक लगाएको छ । यस्तो निर्णयले अब २०८१ वैशाखसम्म भारतीय सरकारको नीतिको असर नेपाली भान्सामा पर्ने देखिएको छ ।   अन्य मुलुकका सरकारको आग्रह बमोजिम सरकारले अनुमति…