भारतीय किशोरले सगरमाथा आधार शिविरमा तबला बजाएर बनाए कीर्तिमान

एकजना भारतीय किशोरले सगरमाथा आधार शिविर (बेस क्याम्प)मा तबला बजाएर कीर्तिमान बनाएका छन् । भारतको मेरठ जिल्लाका १३ वर्षीय शिवम चौधरीले उक्त कीर्तिमान बनाएका हुन् ।  गुरुग्रामको पाथवेज स्कुलका विद्यार्थी शिवम आफ्ना भाइ अर्जुन, आमा पल्लवी र बुबा रोहितसँगै २८ मेमा ट्रेकिङ गर्न सगरमाथा क्षेत्र पुगेका थिए । शिवमले सानैदेखि तबला बजाउन सिकेका थिए ।…