डेभलपमेन्ट बैंकहरुले पनि साना तथा मझौला उद्योगहरुलाई ऋण सहजीकरण गर्ने

विकास बैंकहरुले पनि साना तथा मझौला(एसएमई) उद्योग व्यवसायहरुलाई ऋण प्रदान गर्न सहजीकरण गर्ने भएका छन् । आइतबार उद्योग बाणिज्य महासंघसंग सहमती गर्दै डेभलपमेन्ट बैकर्स एसोसिएशनले एसएमइलाई कर्जा सहजिकरण गर्न जनाएको हो । समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार एशोसिएसनका सदस्य विकास…