फोनपे क्रसबोर्डर भुक्तानी सेवाको तयारीमा

भुक्तानी सेवा सञ्चालक–फोनपेले नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई)को अन्तर्राष्ट्रिय शाखा एनआईपीयलसँगको सहकार्यमा क्युआर मार्फत क्रस–बोर्डर सेवाको सुरुवात गर्ने तयारी गरेको छ । फोनपे र एनआईपीयल बीचको यस सहकार्यले नेपाल र भारतका लाखौं नागरिकहरूलाई फोनपे र एनआईपीयलको नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्युआरकोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्नेछ…