म्याग्नस फर्माको नयाँ प्लान्ट तोकेको समयमा सञ्चालन नहुदाँ कर्जाको भार बढ्दै

औषधी उत्पादक कम्पनी म्याग्नस फार्मा प्रालिले निर्माण गर्दै गरेको म्यानुफ्याक्चरिङ प्लान्ट तोकिएको समयमा सन्चालनमा आउन सकेको छैन । सन् २०२३ को सेप्टेम्बर महिनादेखि सञ्चालनमा आउने भनिएको उक्त प्लान्ट सन् २०२५ मा सञ्चालनमा आउने भएको छ । जसकारण कम्पनीको कर्जा भार समेत बढ्दै गएको हो । कुल ६० करोड रुपैयाँ लगानीमा कम्पनीले प्लान्ट निर्माण गरिरहेको छ…