बाढीका कारण देशभरका विद्युतगृह प्रभावित : कतै उत्पादन बन्द, कुनै कम क्षमतामा सञ्चालन

अविरल वर्षाका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन्। कतिपय स्थानमा विद्युत् आपूर्तिमा अवरोध भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत् गृह बन्द भएका छन्। निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै ६ सय ४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत् गृह बन्द भएका छन्।…