अब सिटिजन्स बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत एसआईपी आवेदन दिन सकिने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङमार्फत ‘सिटिजन्स सदाबहार योजना’ अन्तर्गतको एसआईपी आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सुविधामार्फत ग्राहकहरूले डिजिटल माध्यमबाट सहज रूपमा एसआईपी आवेदन दर्ता गरी नियमित लगानी सुरु गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यस सेवाले आवेदन प्रक्रियालाई थप…