काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य दिनप्रतिदिन बढिरहेको छ । आज (मंगलबार) तोलामा ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँमा कायम भएको छ । सोमबार प्रतितोला सुनको मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ कायम भएको…