काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पहिलोपटक काठमाडौंबाट सिधै चीनको ग्वाङ्जाओमा उडान गर्ने भएको छ । काठमाडौं –ग्वाङ्जाओ–काठमाडौं उडान सातामा तीन वटा गर्ने गरी तालिका बनाएको निगमले जनाएको छ । निगमले पहिलो उडान असोज ९ र दोस्रो असोज १२ गते गर्दै छ । त्यसपछि असोज ३० गते र कात्तिक २ र ६ गते उडाने…