एशियन होटलले आइपिओ निष्काशन गर्दै

काठमाडौँ । भैरहवा लुम्बिनीमा विगत ४ वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको एशियन होटल लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले ३५ लाख कित्ता शेयर जारी गरी ३५ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ। संकलित रकमबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोर्ट्स कम्प्लेक्स, हेल्थ फिटनेस सेन्टर लगायतका पूर्वाधार विकास गरिनेछ।…