यार्सागुम्बाको निर्यात घट्यो, १० महिनामा २१ करोडको मात्र निर्यात

काठमाडौँ । नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ । गत आर्थिक वर्ष (२०८०/८१) को १० महिनाको तुलनामा चालु आव (२०८१/८२) को सोही अवधिमा यार्सागुम्बा २१ करोड रुपैयाँको मात्र निर्यात भएको हो । साउनदेखि बैशाखसम्मको अवधिमा २१ करोड १८ लाख ४५ हजार रुपैयाँको मात्र यार्सागुम्बा निर्यात भएको छ । गत आवको सोही अवधिमा ६२ करोड ६३…