काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र एकान्तकुनामा रहेको नेपाल रिकन्डिसन अटो व्यवसायी संघबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रको हस्ताक्षर कार्यक्रम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी लगायत उच्च व्यवस्थापन समूह र नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष प्रबिन लामिछाने सहित पूर्व अध्यक्ष र वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र संघसँग आवद्ध सदस्य तथा व्यवसायीहरूलाई सहज, गुणस्तरीय तथा भरपर्दो निर्जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता सम्पन्न भएको छ ।
नेपाल रिकन्डिसन अटो व्यवसायी संघसँग आवद्ध देश भरीका सदस्यहरुको सम्पत्ति, सवारी साधन लगायत संघ तथा सदस्य सम्बद्ध संस्थाहरुबाट बिक्री वितरण हुने सम्पूर्ण सवारी साधनको बीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको छ ।
साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल रिकन्डिसन अटो व्यवसायी संघले आफू र आफ्ना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग बीमालेख खरिद गरी सबै प्रकारका निर्जीवन बीमा सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।
सोही अवसरमा अध्यक्ष प्रबिन लामिछानेले संघसँग सन्तुष्ट ग्राहकहरुको संख्यामा क्रमशः वृद्धि हुँदै गएको बताउँदै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र बीमा सेवाको लागि कम्पनीसँग आवद्ध हुन पाएकोमा खुशी व्यक्त गरे ।





प्रतिक्रिया