काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको सभामा देशभरका विद्युतीय व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले व्यवसाय सञ्चालनमा प्रदेशका…