१० वर्षदेखि बजेट घाटामा, कुन वर्ष कति गर्यो सरकारले आम्दानी र खर्च ?

काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको विगत १० वर्षको आर्थिक श्वेतपत्रले विगत १० वर्षदेखि सरकारको बजेट घाटामा रहेको देखाएको छ । जानकारहरूका अनुसार लगातार बजेट घाटा हुनु विकासशील देशका लागि असामान्य नभएपनि यसको आकार बढ्दै जानु चिन्ताको विषय हो । आर्थिक वर्ष २०७१-७२ मा सरकारको राजस्व संकलन ४ खर्ब ५ अर्ब ८७ करोड रुपैयाँ…