सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगरमा रहेको खाद्य गोदाममा अत्यावश्यक दैनिक उपभोग्यवस्तु भरिभराउ रहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै खाद्यान्न ढुवानीको जिम्मेवारी पाएका ढुवानीकर्ताले भाडा महँगो हुने भन्दै ढुवानी रोकेपछि खाद्यान्न प्रदेश कार्यालयमा थन्किएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानी भाडा महँगो भएको कारण देखाइ खाद्यान्न…