निर्माण क्षेत्रका महिलालाई जेसीबीको सम्मान, हेभि उपकरणको तालिममा छात्रवृत्ति घोषणा

नेपालका लागि जेसीबी हेभि उपकरण तथा निर्माण उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले निर्माण क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । एमएडब्लु जेसीबीले सोमबार कार्यक्रम आयोजना गरेर निर्माण क्षेत्रमा सक्रिय महिलाको योगदानको कदर गर्दै हाइड्रो डेभलपर, कन्ट्रयाक्टर, अपरेटर र अथराइज्ड रिटेल आउटलेटका संचालक गरी १३ जना महिलालाई सम्मान गरेको हो…