अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । वित्तीय खर्चमा भएको उच्च वृद्धिले कम्पनीको नोक्सानी गत आवको तुलनामा १ अर्ब ४४ करोड ४० लाख रुपैयाँले बढेको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको नोक्सानी २ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ थियो ।…