ब्रिटिस कलेजद्वारा आयोजित ई–स्पोर्टस् टुर्नामेन्ट सम्पन्न, विजेता सबै टिमले पाए १/१ लाख

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी) ले ‘ई–स्पोर्टस् टुर्नामेन्ट– २०२३’को आयोजना सम्पन्न गरेको छ। थापाथलीस्थित कलेज हातामा बुधबारबाट सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो। प्रतियोगितामा तीन खेलहरु ‘भालोरेन्ट’, ‘फिफा’ र ‘पब्जी’ समावेश गरिएको थियो। कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेल तथा डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याककर्डेनले संयुक्त रुपमा उद्घाटन गरेको खेलमा देशभरका ११२…