नेपाली पूँजीबजारकै अग्रेणी मर्चेन्ट बैंकिङ्ग कम्पनी मुक्तिनाथ क्यापिटल र नेपालकै पहिलो पब्लिक ट्राभल कम्पनी, गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर भएको छ । मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी तथा गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम मुक्तिनाथ क्यापिटलले…