युनिलिभर नेपालको प्रतिसेयर आम्दानी २ हजार नजिक, सेयर मूल्य ३७ हजार

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले गत आर्थिक वर्षमा १ अर्ब ८३ करोड खुद नाफा कमाएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १९ प्रतिशत बढी हो। कम्पनीले अघिल्लो आवमा १ अर्ब ५४ करोड नाफा कमाएको थियो। कम्पनीको व्यापार बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १५.६४ प्रतिशत बढेर ८ अर्ब ४८…