नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल ३२ हाइड्रोपावर कम्पनीमध्ये १४ कम्पनीका मूल्य आम्दानी अनुपात २० गुणाभन्दा कम देखिएको छ । हाइड्रोपावर कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणमा प्रकाशित नाफा र फागुन १८ गते आइतबार कायम शेयरमूल्यलाई आधार मान्दा सो तथ्याङ्क देखा परेको हो। वित्तीय विवरणमा नाफा घाटा उल्लेख नगरेको हिमालयन पावर पार्टनर र लामो समयदेखि वित्तीय विवरण…