गोरखाको पुस्तकालय पुनरनिर्माणका लागि मनकामना दर्शनको आर्थिक सहयोग

गोरखाको तीनधारेमा पुननिर्माण भइरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रालिले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेशबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुन् । त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलो पटक स्थापना भएको पुस्तकालय हो…