टेलिकमको फोरजी सेवा ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोगमा, २३०० मेगाहर्जमा समेत सेवा सञ्चालन गर्ने

नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोगमा रहेको टेलिकमले जनाएको छ…