प्रभु बैंकले माघ २० गतेदेखि काठमाण्डौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ०८ स्थित धर्मस्थलीमा २०७ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको धर्मस्थली शाखा कार्यालयको समुद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले गरेका हुन् । सो अवसरमा वोहोरालो प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म…