निर्वाचनले चलायमान बनाएको अर्थतन्त्र, निक्षेप संकलन १ अर्बले बढ्दा कर्जा प्रवाहमा ६ अर्बको वृद्धि

काठमाडौँ । विगत लामो समयदेखि सुस्त रहेको देशको आर्थिक गतिविधि र बैंकहरूको कर्जा प्रवाहमा निर्वाचनले उत्साह थपेको छ । निर्वाचनको मिति नजिकिएसँगै बजारमा पैसाको चहलपहल बढ्न थालेको छ । जसको प्रत्यक्ष प्रभाव बैंकिङ्ग क्षेत्रको कर्जा प्रवाहमा देखिएको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार, बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको निकै बढी देखिएको…