सिद्धार्थ बैंकले ल्यायो चेक डिपोजिट गर्ने मेसिन

सिद्धार्थ बैंकले चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाल यो सेवा बैंकको हात्तीसार शाखाबाट सुरू गरिएको बैंकले जनाएको छ । आगामी दिनमा अन्य शाखाहरुमा पनि मेसिन जडान गर्दै जाने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । चेक डिपोजिट मेसिन सञ्चालनमा आएपश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्ने बैंकले विश्वास लिएको छ…