व्यवसायिक घराना त्रिवेणी ग्रुपले रोयल इन्फील्डको आधिकारिक बिक्रेता पाएसँगै उपत्यकाको दुई स्थानमा अत्याधुनिक सोरुम संचालन गरेको छ । काठमाडौँको नक्साल र बालकुमारीमा शोरुम स्थापना गरी आइतबार उक्त शोरुमको उद्घाटन ग्रुपका अध्यक्ष पुरुषोत्तम लाल साङ्घाईले गरेका हुन् । त्रिवेणी ग्रुपको लगानी रहेको अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फील्डको बिक्री वितरणको जिम्मेवारी लिएको छ । शोरुमको उद्घाटनसँगै सञ्चालनमा…