अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी बेरुजू घटाउनका लागि अग्रीम भुक्तानी रोक्नु पर्ने बताएका छन । बेरुजुलाई शुन्यमा झार्न सार्वजनिक खरिद प्रक्रियामा सुधार गर्दै आवश्यक ऐन कानूनहरु समयसापेक्ष संशोधन, अग्रीम भुक्तानी प्रक्रियामा रोक, कामको प्रगतिका आधारमा भुक्तानी लगायत विषयमा सुधार हुनुपर्ने उनले बताएका हुन । महालेखा नियन्त्रक कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७५/७६ को आन्तरिक लेखापरीक्षणको…