लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ४९ औं वार्षिकोत्सव मनाएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले वार्षिकोत्सवको अवसरमा ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ । सेरेब्रल पल्सी सेन्टरको माग अनुसार उक्त सामग्री वितरण गरिएको हो । हुन्डाई नेपालले…